धनगढी । कैलालीको गोदावरीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । बिहीबार बिहान ९ बजेको समयमा गोदावरी नगरपालिका-४ गोदावरीबाट बेवारिसे अवस्थामा कपडासमेत गरी ५७ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
अस्थाई प्रहरी पोष्ट गोदावरीबाट खटिएको टोलीले उक्त सामान बरामद गरी भन्सार कार्यालय कैलाली बुझाउन पहल भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रतिक्रिया