ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पतालका पूर्वअध्यक्ष नक्कली प्रमाणपत्र मुद्दामा दोेषी ठहर

शुक्रबार २६, पुष २०८१ ०८:३८

धनगढी । डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो । उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो ।

सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ । विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो । 

यसअघि अध्यक्षमा नियुक्त भएपछि पाटन सयुक्त क्याम्पसले सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजबाट सिंहको चारित्रिक प्रमाणपत्र जारी नरेको उल्लेख गरेको थियो । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया