काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ । रासस
प्रतिक्रिया