ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
डोटेली पत्र

स्वर्गबाट चेलाको रैवार

शनिबार २७, पुष २०८१ १०:३६

आमा,
ढोग दिए !
कसेरी लेखुँ ? काँ बाट सुरु अरु ? के भनिपर लेखुँ ? तम्ले लेखेइ रैवार सुने । मन भक्कानिपर आयो । खुब रोएँ म । रुना त सदाँइ रुनै छु । तमरी लेखेइ चिठ्ठि पडिपर बर्ता रोए आमा । आफुलाई समाल्लै नैसके । जति त्याँ तम रुन्लाछौ, म झिक रुन्छु अचेल ।

हो आमा, पोरावर्ष मेरो जरम दिन मनाया म नैबिसर्याथिन् । कसेरी बिसर्लो आफनी महतारीले चण्णि भरी राता अक्षता लाया । कसेरी बिसर्लो दिदीले घाँटीनी टोक्करी फुलै माला हाल्या । भान्जभान्जीले फुक्काउनी फुटाया । सब यादै छन् आमा । याद भय क्यारु अब ? बरु बिसद्दु निको छ ।

जिन्नगीमि गल्ती त भौत अरेहुँ । तम्ले माफ लै दिया हौ । यैपाली भौत ठुली गल्ती अरे आमा । हो आमा, भौत ठुली गल्ती अरे मैले । नअद्दु काम अरे । गु खाए । मुत खाए । गाईको मासु खाए । म पापी हुँ । म अपराधी हुँ आमा । म फटाहा हुँ । माहाफटाहा हुँ । म कुलङ्गार हुँ । 

गाल्दिय आमा । मेरी गाल्दिय । फुच्चेरी गाल्दिय । म गाल्दिनेइ मामको हुँ । म बिढङ्ङिलो हुँ । बिकामिलो हुँ । नकच्चरो हुँ । 

स्वर्गीय चेलालाई इजाको रैवार

न माफ माग्दा जसो छ । न माफ अद्दाजसो छ । न माफ मागिपर केइ हुने हो आमा, न माफ दिपर अब । जे नहुनु थ्यो, त्यो भयो आमा । जे नअद्दु थ्यो, तेइ अरे मैले । कैखी रिसले अरे भनुँ ? कैलाइ धेकाउन अरे भनुँ ? सायद मेरा भाग्यमी इसै थ्यो लेख्या, तमरा भाग्यमी तिसै । मैले लै सोच्या नैथे आमा इसो होलो भनिपर । कैलेइ हुनेइ रैछ आमा जिन्नगीमि इसो । भौत सपना थे मेरा लै । हो आमा, मैले लै के के अर्लो सोचिराइथे । एक्कैफेरा आँधिले सब उडाइदियो ।

जिन्नगीभरी कमाया तमरो इज्जत, मेरो इज्जत माटिमी मिलाइदिए मैले । आफनाई नाकमी गु लाए मैले । दोषी मै हुँ आमा । दोष मेरै हो । हो आमा, दोष मेरै हो । गल्ती मैलेइ अर्या हुँ । म भन्नाबाहेक दोष और कसैकोइन् थिन ।

लोकसेवा पास अरिपर सरकारी नौकरी खाउँलो भनिमान्या थे । दुई तले नङ्ङे घर बनाउँलो भनिमान्याथे । के भ्यो भनु आमा ? न भन्नाजसो थिन्, न सुन्नाजसो ।

तमरो दुख्ख सब था छ आमा मलाई । कति अर्या हौ हमरा निउती । बिसर्या नैथी आमा । पहाडा दुख्ख उसाइ थे, माल आइपर लै नैछुट्याहुन । सब याद छ आमा मलाई । म पेटैनै थे, कति काम अद्दथ्या । न आराम भन्या, न बिराम । न ढिक्कि कुट्ट छाड्या, न पर्सा डोको बोक्क । न स्याउँलाइ जाल छाड्या, न दरुँवा बिटो । न भोक लागि भन्या कैलेइ, न तीस लागि । न तम पटाइ भयै धेके मैले, न तम उनिलो भया । मेसिन हौ तम मेसिन । बज्यै कुबत लागन्छ भनिपर केइन खान दिन्थिन । त्यो लै सब धेकन्थे म । म भया बखत भात सुद्द खान नैपाया हौ तम्ले । गोरसै कुरडी छाडु । हमरा निउती सब त्याग अर्या हौ आमा तम्ले । कति ठौर ढोग सलाम अर्या हौ म पाउन । कति देवता भाग्या हौ तम्ले । कति ठौर पुग्या म पाउन । सब था छ आमा मलाई । तम महान हौ । तम धरती हौ । तम देबी हौ ।

ऐल मेरा हातबाटी इसो गल्ती भयो आमा । म अपराधी हुँ अधर्मी हुँ, पापी हुँ । हो आमा, म पापी हुँ । मैले ठूलो पाप अर्या छु । ठूलो गल्ती अर्या छु । मैले मात्तर नै आमा, याँ मजसा भौत अपराधी छन, पापी छन । आफनो ज्यान आफुइ लिने खुनी छन ।

सबभन्ना ठूलो कमजोरी रिस रैछ आमा । तम भन्नथ्या, तेरी रिस कैदिन बिगाड्डेइ हो । तिसैदिन बिगाड्यो मेरी रिसले । आफुइले आफनी रिस थाम्द नैसक्या हुनाले आज यो गति भैरैछ आमा । थोक्काइ लै रोक्द नैसके आफुलाइ । समाल्ल नैसके । बाले लै भन्या त केइन् हो बर्ता । के ब आइ लहर । तिसो काम अर्दिय । अचेल पछुताउन्छु आमा । समय घर्किसकेपछ्यारी पछुताइपर के हुने ? न म जिउनो फर्किने, न म त्याँ आइपर बस्तसक्दे ।

हाम पासो लाइपर मद्दे हुने खुब दुख्ख पाउनेरैछु आमा याँ लै । तेइदिन लै पासो लाउन्ज्याँइ म लैगिहाल्यो यमराजा दुत आइपर । परान खुस्तज्याँ आइगे काहारैमौ । खुब केरकार अर्यो । गल्ती मेरै थ्यो । बिकालै मद्दु नैथ्यो । त्यो लै आफुइ जानी जानी । खुब पिट्यो आमा । तात्ताइ तेलैनो नैछिरायो कि, ताता पन्नेले नैडाम्यो कि । पनसिस्नु नैलायो कि, कौलैनो नैछिरायो कि । काट्टे कुकुर लाइपर मासु लुथ्थ नैलायो कि । के भनु आमा ? के अर्यो, के नै । बरु पन्चायत कालमी राजा बिरुद्दमी बोल्लेहुनेले थोका सजाय पायो हो । राणा कालमी राणा बिरुद्द लेख्दे बोल्ले हुनेले थोका पिटाइ खायो हो । न खानो दिने, न सिन । दिनैतिक पिउँसा काट्टा, रात उपाँइ । केलाइ अरेहुँ जसो लागन्छ तिसो काम । म जसा खात छन याँ । सब पछुताउन्लाछन । बिकालै आफनै ज्यान आफुइ फाल्लो बेकार रैछ । कुकुर गति हुनेइ रैछ । काममी जोत्तिया जोत्तियै हुनुपड्डछ । न आराम अद्द पाइनो, न बिमार भै भन्न मिल्लो । कसेरी पाल्या चेलो हुँ तमरो । न भोक लाग्ददिन्थ्या, न तीस ।

हाम सब नर्गै छु आमा । तम्ले दिना त दिया सब । मैले केइन् पायाथिन याँ । हाम्लाइ छुनैन दिना यमराजा दुत । म जसा आफनी मरु आफुइ अद्देहुने केइन् पाउने रैछन याँ । पासो लाइपर मद्देहुने, बिख खाइपर मद्देहुने, गाड फाल हालिपर मद्देहुने, पड फट्टक हालिपर मद्देहुने खुब दुख्ख पाउने रैछन आमा याँ ।

बालाई सम्जाइदिया आमा । म कसेरी भनु ? उनरो गल्ती केइन्थिन । गल्ती मेरी हो । उन्ले केइन् भन्या हो । सब बिगाड्या रिसले हो । आफुलाइ समाल्ल नैसके उइतिक । झुक्कुर चडि रे पासो लाइदिए । बाले खुब दुख्ख अर्या हो मेरा निउती । सब था छ आमा । हमराइ निउती घरद्वार छाडिपर अर्खा देश नौकरी अर्यो । हाम पहाडै माल लेयो, घर बनायो । पडायो, लेखायो । आँखाकान उगाड्यो । दिदिको ब्या अर्यो । उन्ले आफनो जिन्नगी हमराइ खुशीका निउती लायो ।

म बुद्दछु आमा बाको त्याग, समर्पण । तेइतिक मात्तर के भ्यो ।  म अन्धो भैगे प्रेममी । केइन् सम्जे तेइतिक । न बाको त्याग सम्जे, न तमरो माया । म एकोरिगे तेइतिक ।

मेरा भाग्यमि इसै लेख्या रैछ आमा । तिसो अर्लो भनिमान्या नैथे । पडाइ सक्किन् लाग्गैथी । नौकरी खाइपर तम्लाइ खुसी दिउँलो सोचिराइथे । तमरा घाँटिनी नङ्ङे तेमनी हाल्दिउँलो भनिमान्याथे । तम औँठीइ रहड अद्दथ्या, एक औँठी किन्दिउँलो भनिमान्याथे । सब छार बनाइदिए आमा आफुइ । सब गाड बगाइदिए ।

मेरा ब्यामी जाग्राम खेल्लेइ कसी रहड थि तमरी । बजारा बाजा लेयै भन्नथ्या ब्यामी । के ब अर्दिए इसो । जन्ती आउने बखत मलामी आउने बनाइदिए । माफ अर्या आमा । हुनत म माफी दिने जसो लै नैथिन । तेइलै महतारी हौ, आफना सन्तानले जति ठुली गल्ती अरे लै माफ अद्दे भन्या इजाबो मात्तर हुन ।

जानी जानी इसो अर्या नै हुँ । के ब भैग्यो तेइदिन । ठुली गल्ती अरिहाले । के भनुँ अब ? तेइको सजाय याँ पाउन्लाछु हाम । कति चुट्टाहान, कति गाल्दिनाहान । हमरी ठौर नहुनेइ रैछ याँ । कैलेइ गुका भाउनीमिइ सिन लाउनाहान । पानीतीस लागिपर मुत ख्वाउनाहान । पिपै पिपले हड धुन लाउनाहान । कसी गति छ आमा मेरि याँ । तम सुन्नैन सक्दे हौ । यो सब मेरो गल्तीको सजाय हो ।

रातदिन तमरै याद आउन्छ आमा । आफना कालगतीले मर्या हुने त निको निको पाउनाहान । मिठोमिठो खानाहान । निकेरी सिन पाउनाहान । उनरी त सराद हुन्छ । काजबार आउन्छ । हाम तक्यातकेइ हुन्छु । उसै थुक निल्लुपड्डछ । तमुइ समुद्दछु आमा । तमरा पकाया तौडे माणा समुद्दछु । बटुक समुद्दछु । कन्छिले पकाया निसौसेइ रे पालुङा साग समुद्दछु । बज्यैले पकायै खिर समुद्दछु । बाले पकाया मङ्ङेरी भात समुद्दछु । दिदिले पकाया झुनमुने माणा समुद्दछु आमा । पल्ला घरै काखिले पकाया डुब्काइ याद आउन्छ । तल्ला घरै बज्यैले पकाया फुलीखाजा याद आउन्छ । याद आइपर क्यारु आमा ? पाउने केइनै हाम । नअद्दु गल्ती अरिहाले उइतिक । आफनाइ चानाइनो बन्चरो हाणे भनु । आफनी गिर्धन काटे । धिक्कार छ म जसा चेलालाइ ।

जिन्नगी केइन् रैछ जसो लागन्छ आमा । यो एक रङ्गमन्च हो । तम्ले महतारीको भुमिका खेल्या, मैले चेला । फिलिम हो जिन्नगी । जैको जे रोल लेख्या थ्यो, खेले सक्कियो । मेरा कारणले तम्ले खुब दुख्ख पाया आमा । मलाइ माफ अर्दिया । बर्ता के भनुँ ? भन्ने शब्दैन्थिन अब । म रित्तिए आमा । न शब्द थिन्, न वाक्य । भया दिमाग लै सब सक्कियो याँ आइपर ।

निकेरी बस्या आमा । दुख्ख झिक्क जनअर्या । बाखी खबर अर्या । नबोले लै मनैना भौत कुरडी हुन्ना बाका । मेरा कर्मैमी इत्ति लेख्या रैछ भनिपर चित्त बुजाय । नअद्दु गल्ती मैले अरे, दुख्ख तम्ले पाया । अबा हुने मेरा जसो गल्ती कोइजन् अरुन भन्ने लागन्छ । बिकालै मरु कसैखी जन्होउ । आफनो काल आफुइ कोइजन् खोजुन् । याँ आइपर कसा दुख्ख छन, हाम भोग्देलाइ मात्तर थाछ । स्वर्ग त तेइँ रैछ आमा ।

बिदा दिय आमा । बाँकी रया कुरा सुइनामी आइपर भन्लो । अर्खो जुनि मान्छेइ भैपर जन्मिने भे तमरै चेलो भैपर जन्मिन पाउँ । यैपाली अर्या गल्ती सुधाद्दे मन थ्यो । तम्लाइ खुश्शी बनाउने मन छ ।
उइ अभाग्गी पापी चेलो,
मेख्खो
 

प्रतिक्रिया