प्यारो चेला,
के आर्शिवाद दिउँ लाटा तो ? तितिस वर्ससम्म दियैकै त थे । मैले मात्तर काँ हो रे, सब दिन्थे के तो आशिर्वाद । बाँचिरयै, पलुइरयै । एको एक्कैस भयै । ठूलो मान्छ भयै । निकि नौकरी पाहालेइ । इसाइ आशिर्वाद त दिन्थे सब । सब गाड बग्यो, धिकी ?
आज तेरो जरमदिन । पोरावर्ष कसेरी मनाइथे भन्नै ? याद छ लाटा ? तेरा भान्जभान्जी कति खुस्सी भैथे । कति बत्ती बाल्थे । घरभरी उजालो थ्यो । कोठाभरी मान्छ थे । मैले बाबर पकाइदिथे, तैले केक लेइथी । तेराबाले शिकार पकायो, तेरी दिदिले राइतो बनायो । तेरी कन्छी निसौसे लेइपर आइन । तेरी फूपू फौने माणा । तेरा भान्जभान्जीले फुक्काउनी फोइपर कसो बनाइथ्यो भन्नै ? याद छ बा ? चण्णिभरी राता अक्षत लाइदिथे । तेरी दिदिले घाँटीनी टोक्करी फूलै माला हाल्दिथ्यो । तैले गित बजाइथी, हाम सब नाच्थे । वल्लापल्ला घरा जयजात्कैमौले कति राम मान्थ्यो । आज हेर, जरमदिन तेरै हो । कसी अनारीचुप्प भैरैछ । बत्ती त बलेइ छन बाइरभितर । क्याद्दै ! मन त अनारै छ । बाइरा उजालाले क्याद्दु, मनैनी पिड भैपर ।
क्यारीपर गै मेरो हजारी ? केलाइ अरिपर गै त तिसो ? महतारीको याद नैआइथ्यो बा ? एक्फेरा लै नैसम्जी मलाइ ? नौ मैना गर्व बोक्या रे नौधारा दुद खाया बिसर्दी एक जात्कीका निउती ? तैले नअद्दु काम अरि बा । तिसो निर्णय लिनु भन्ना पैल्ली मेरो याद नै आयो तो ? तेरा बाको दुख्ख नैसम्जिथी ? हुन त अब हाम्ले जति रिसाय लै त फर्किने केइनै । तेरि गाल्दिए लै हाम पाइने केइनै । रिस लाग्दी । कसेरी पाल्या चेलो है त । नानि कुरडिका निउती तिसो अद्दु नैथ्यो बा तैले ।
गलत कदम चाली बा तैले । त जाना त गै, याँ हमरी कसी सन्निपात अरिपर गै । तेरी बैनिमौ एकतिर डाड हाल्लाछन, तेरा बा एकतिर । कसेरी सन्त्याउँ म ? तेरा भान्जभान्जी आउनाहान, ममा काँ गे भनिपर सोद्दाहान । म के भनुँ लाटा ? काँ ग्यो भनु ? कैल आउने हो भनु ? के जवाफ दिउँ मेरा हजारी ? तेरा कुन्टा जानाहान, तेरो फोटो हेद्दाहान । अनारो मुख लाइपर फर्किनाहान ।
कति दुख्ख अरिपर पाल्या हुँ चेला तो । पहाडो काम । न आराम मिल्लथ्यो, न बिराम भन्न मिल्लथ्यो । त पेटैनो छन्ज्याँ के नै अरे ? म सङ्गै तैले लै स्याउँला लाई, पर्सो बोकि, घाँस काट्ट रुख ओकली । असाडा मैना रोप्द त गै, कातिका मैना पर्सा डोको तैले उचाइ मैसङ्ग । पराला बिटा उचाए तोइसङ्ग, डल्ला फुटाए तोइसङ्ग । के नै अरे मेरा हजारी ?
गाडहै फौँलामी पानी नैबोके कि, पिठिनो कट्टा हालिपर घट्ट नैगे गौँ पिथ्थ । पराला बिटा नैबोके कि असोजा मैना, गडियै पलाँ नैलेय चैता मैना ।
न कन्नेइ आराम अर भन्यो, न कन्नेइ बखत सिजा भन्यो । न भन्यो मनाइ माँठो उठे लै हुन्छ । ब्यान्नलै ढिक्की धान नैकुटे कि, पिठिना दरुवँ नैबोके । न मन लाग्या खान पाए, न मन लाग्या लाउन । कम्भो प बैँस गयो, कम्भी प बुडिय । जे खाए लै कुबतै लाग्दे हो भन्यो तेरी बज्यैले । न पेटभरी खानै पाए, न पटाइ टुट्ट्ज्याँ सम्म बस्तै । तिसेरी भया है त । तेइलै न अस्पताल धेके, न ओखतो खाए एक गोलि ।
तेराबा त देशै हुन्थे । त बर्सदिनो भएपछी तेरा बा घर आया हुन कर्नाटहै । कति खुस्सी भया हुन तेइदिन । म ऐल लै समुद्दछु त्यो दिन । कति हरिक मान्थ्यो तेराबाले । गाउँभरी पिपिल्मेट बाण्या याद छ । चार जर्मे पछिको पचौँ है त । दुई त खडे तो भन्ना अघाडी । देउपितरले दिया प्रसाद है त । कति दुख्ख अरिपर हुर्काया हुँ तो ।
मैले पहाड भाँटा टिले, तेरा बाले देश । थोकातिना दुख्खले हुर्कार्या जर्मे नै हौ तम । न आफुसित बल्ल थे, न हलिय । अर्खाइका भरले खेती लाउन्थे । त बुद्दे भैगैथी के पछि त । तै धेकन्थी कसेरी पाल्या हुँ तम चेलाचेली । आज सब गाड बग्यो बा । क्यारी तिसो ? कैका रिसले अरि ? केलाइ रिसाइ हाम्सित ?
तेराबाले देश उति दुख्ख नैअर्या भे हाम काहीँ माल जग्गा किनिपर घर बनाइसकन्थे । तेरै पडाइ निको होलो, भविष्य निको होलो भनिपर आँखा बुजिपर उइतिक माल आया हुँ । भैँसो किनिपर दुद बेचिपर क्याम्पस पडाया हुँ तो । दुख्ख अरया जसो भैगैथ्या तम सब । देउपितरा प्रताप सब निकोइ हुन्लाथ्यो । तेरी दिदिमौको लै निकै थ्यो । नातीनातीना धेकिहाल्थे । ज्वाँइखी नौकरी छनाइथी ।
तोबाट लै हरिकै धेकन्लाथे । तेराबाले देश कुर्या कामै लाग्या थ्यो । तेरी दिदिमौका आँखाकान उगाडे । तो निकाइ स्कुल हाले माल आइपर लै । निकोइ थि । तेरा सरैमौ लै खुब खुस्सी भैरैथे । छाड्डिमबार गडमसान्त अर्दिइ बा तैले । के प बौलीइ त ?
एक जात्किका निउती त तितिसम्म अर्देल्लै भनिपर नैपतेयाथे चेला । तेरा बा मनाहाल्लेइथे । इजाबालाइ चेलाचेलीको माया त लाग्देइ हो । रिसा झोकमी तेराबाले थोक्काइ केइ भन्या त हो । तित्ती त भन्नेइ हुन । आफुले खाइनखाइ अरिपर पाल्या चेलाले भन्या नैमानिपर कैका इजाबो रिस नै आली ? हाम्ले के भन्थे रे, तेइ जात्कीसित ब्या जन्अरै भन्या त हुँ । न तो पिटे, न घरहै निकाले । तित्तनाइ कुरडिका निउती तैले आफनो ज्यान फाली बा । केलाइ चेला ?
त त गै गै, याँ मान्छले कति कुरा काट्यो । एकदिन फेसबुकमी फोटो हालिपर हार्दिक श्रद्धाञ्जली लेख्दे मात्तर हुन । भोग्द पड्डे त हामुइले हो । के भन्यो, के नै । भन्नो भन्यो, नभन्नो भन्यो । मुखाजी हुन आँसु निकाल्ले । पिठिपछ्यारी कसेरी गिज्याउन्थे । कसी खिस्साइ लागन्थी । जिन्नगीभरी कमाया इज्जत एकैफेरा गाड बगाइ चेला । क्यारी बा इसो ?
तैले गलतै काम अर्या है चेला । हुन त अब न त फर्किने, न हाम फर्काइसक्दे । तेइलै मनै भक्भकी तोड्डो । हाम सबलाई र्वाइपर गै लाटा । कसेरी लाइ है पासो ? सोत्ताइ लै नैसक्दा हाम । मेरो याद नैआइथ्यो बा ? तेरा बाको दुख्ख नैसम्जिथी ? तेरी दिदीमौ नैरिटीथिन् आँखाम्भी ? भान्जभान्जी नैसम्जिथी ?
लोकसेवा लडिपर सरकारी नौकरी खानेहुँ इजा भन्नथी । बिचै बाटाम्भोहै काँ गै लाटा ? एक्कलै चेलो, कसेरी ब्या अर्लो भनिमान्याथे । तै भन्नथी के, ब्यान्ड बाजा बजाइपर ब्या अद्देहुँ । रातो ब्या अद्दे हुँ, रातभरी जाग्राम खेलल्ला भन्नथी । जाग्राम त जाग्रामै भै लाटा रातभरी । कसि सन्निपात भै तेइ रात । जन्ती भन्ना झिक्क तेराइ मलामी भैगैथे । कसो माने हुँ तेइबखत ? आफुइ सोच बा । कति रोय हुँ हाम ? तेरी दिदी कति रोइन । मन्नाइ लै आफनी रिस रोक्द नैसक्थी ?
हाम कैको मुख हेरीपर बस्ला अब ? तेराइ निउती उति दुख्ख अरे । तैले धेकिपर ढुङ्ङो लोटाइपर गै । तेरी दिदिमौ दुत्यखी कै चानन लाउन्निन ? नैसोच्थी ? तो गयैका दिनबाटी घर अनारीचुप्प भैग्यो । ओडार भैग्यो हमरा निउती । जाँ गए लै तोइ मात्तर धेक्दछु । जै कुन्टा गए लै तोइ धेक्दा । तैलेइ बोल्या सुन्निनो । काजबार आए तोइ समुद्दाछु, निकोनौलो पकाय तेरै याद आउन्छ । क्यारिपर गै चेला इसो ? के सजाय दि हाम ? यै बुडेसकाल के धेक्दुपड्यो हाम्ले ? कैको मुख तकिपर बाँचु लाटा ? कि हाम्लै लैजा तेराइ ठौर ।
तोसङ्गैको टेक्या पोरु ब्या भ्यो । कसो माने हुँ हाम्ले ? टिक्कीको चेलो भयो अघिल्ला मैना । हाम कसो लाग्यो हो ? लोटिपर मर्यो भनुँ कि ? पड लोट्यो भनु कि ? गाडिले चेप्यो भनु कि, गाड बग्यो भनु ? बागले खायो भनु ? के भनिपर चित्त बुजाउँ लाटा ? के जवाफ दिउँ मान्छलाइ ? बरु उइलै नैजन्म्याँ भे, चित्त बुजाउन्थे । जसेरी तो भन्ना अघाडिका खडिथे, उसेरी त लै खड्या भे निझर्का हुन्थे । यो के कल्मली भै ? यो के झल्का लाइपर गै मेरा हजारी ? कसैका आँखा हालिपर नखड्डे मान्छ छाड्डिमबार तिसि मरु अरिपर गै । क्यारी चेला इसो ? कै जुनिको सराप दि तैले ? तिसो गल्ती क्यार्थे हाम्ले ? के सजाय दिपर गै यै बुडेसकाल ? के धेक्दुपड्यो हाम्ले ?
तोलाइ जन्माउनु गल्ती थ्यो हमरो ? तोलाइ लेखाउनु पडाउनु, आँखाकान उगाडाउनु गल्ती थ्यो हमरो ? आफू भन्ना झिक्क माया तम्लाइ अद्दु गल्ती थ्यो हमरो ? आफू खाइनखाइ अरिपर तम चेलाचेलीका निउती हड्डि घोट्टो गल्ती थ्यो हमरो ? तम्ले गलत बाटामी हिट्ट लाग्या बखत सहि बाटो धेकाउनो गल्ती हो हमरो ? भन चेला, के गल्ती हो हमरो ? केलाइ दि यै बुडेसकाल यो दुख्ख ? यै दुख्ख हेद्दलाइ तेराबाले सौँतै जिन्नगी बिराना देश काट्या हो ? घरद्वार छाडिपर अर्खा ठौर भाँटा टिल्या हो ? जवाफ दे चेला । केलाइ अरि आफनी मरु आफुइ ? के कम अरया थे तोलाइ ? जैतिक जे भन्यो पुगाएकाइ थे । थोक्काइ त अधिकार होलो हमरो लै तम मथी । वरखिहै परखी बस भन्न नमिल्ले ? यो गल्ती हो, जनअरै भन्न नमिल्ले ? सब्बै तमुइले भन्या हुने ? जरम दिने महतारी केइन हो चेला ? करम दिने बा कोइन हो ?
के के सोचन्लाथे हाम । ब्याउनो भया चेलो, क्यारिपर गै ? कसेरी ब्या अर्ला भनिमान्थे तेरो । पडिसकिहाल्थी । नौकरी पाहाल्लेइथी । निक्की जात्की पाउन्थी । उइ मैसरीका निउती तैले हामरा मुख मुट्की हाणिपर गै बा । हाम लै तिति कठोर मना काँ थे रे ? एकदुइ दिन लै रोक्द नैसकी तैले । तात्ती रिस गाडी । भौत ठूलो गल्ती अरि लाटा तैले । आफनो ज्यान आफुइ फाली ।
तो था छ, तैले तिसो अर्या धेकिपर तेरा बा पागल भयाहुन । कति रोय हाम । आँखा पानी सक्किग्यो । तेरि दिदिमौ कति रोइन । थोक्काइ लै बुद्दी नैआइ तेरी । हुन त अब तेरी गाल्दिपर न त फर्किने, न हामरो पिलो निको हुने । तेइलै झुक्कुर आउनी कसैतिक । केइजन बोलु भनिमान्नछु, मन नैमान्नो । केइजन सोचु भनिमान्नछु, सोच्चिजानो ।
तैले छाड्यादिनबाटी जिन्नगी नै उराठ उराठ भैगै । कति दिनसम्म न खानो खाने मन लाग्यो, न कसैसित मुख बोल्लेइ । न मान्छामुखाजी जान सके । गाडैनाहै बगड निकाल्या माछाजसा भयाथे । न काजबार आइपर निको मान्ने, न कोइ मान्छै । कन्नेइ बोलिपर लै बिच्चेइ मात्तर । कसैतिक त लागन्थ्यो बिख खाइपर दुयै बुडाबुडी पुटुक्क भैदिउँ । तीति कमजोर मना लै नैभयौँ । तिसो अद्द लै नसक्दे भयौँ । एक गल्ती त तैले अरिहाली । दोसरी हाम कसेरी अरु ? बदि खि बदि, खती खि खती । नैअद्द सके । भगवानले परिक्षा लिया हो हमरी । क्याद्दै, यै पापी लादा निउती त लाग्दैपड्यो । काल नआयै मद्द लै नैसक्किनेरैछ । मद्दे हुने त मरिग्या, जिउनाले त बाँत्तै पड्यो । बाँत्तालाइ खानै पड्यो । समाल्लिनैपड्यो । समाल्लिए ।
तैले त तिसो अरि अरि । और कसैले लै बिकालै ज्यान फाल्ल जनपडौ भनिमान्नछु । उबाहुना जात्क धेकिपर तेरि याद खुबै आउन्छ लाटा । बाटाम्भा हिट्या धेकन्छु, तेरै याद आउन्छ । इजाबाको दुख्ख जनबिसरौन लागन्छ । इजाबा हुन, कहिल्यै लै आफ्ना चेलाचेलीको कुभलो नैसोत्ता । चेलाचेलीले लै इजाबाको मिहिनेत, दुख्ख बुजिदेउन जसो लागन्छ । नानो ठाक्ठुक हुन्ज्याँ ज्यानै फाल्लजन्पडौ जसो लागन्छ ।
इती लेखे, भने । दुख्ख जन्मानेइ लाटा । तेरी महतारी हुँ । इत्ती भन्ने अधिकार त होलो के, धिकी ? मेरी लाज अराइ भनिमानल्लै । लाज त उसै दिन भैगै चेला, जैदिन तैले तिसो अर्थी । उसैदिन मान्छले भन्नो भने, नभन्नो भने । एक जात्तीका निउती ज्यान फाल्यो भन्यो । कायर भन्यो । काँतर भन्यो । समाचार छाप्यो । रेडियमी बजायो । दोकानमी गैपर तेरी कुरडी अर्यो, ब्याका जन्ती गए तेरी । कुरडी अद्दे बाटो त बनाहाल्थी तैले ।
अब जाँ छै, निकेरी बसेइ । निकेरी खायै । लत्ता लाहालेइ, जाडी होलि । तेरा भाग्यमी तिसै लेख्या रैछ । तैले लै तिस्सै अरु त के भनिमान्या हुनहै, कालले बौलेइपर ल्याहाल्यो तो । आफनाइ बुतीले त तैले तिसो अद्दुपड्डे नै हो, बौल्याउनेले बौलेइदियो । त बौलिदी । अब तिसैमी चित्त बुजाउन्छु । कर्ममी लेख्या मेटाइपर काहीँ मेट्टिनेरैछ रे भन्नै ? हमरा भाग्यमी इत्ति रैछ तोसित बस्तु ।
यै बुडेसकाल इसा दुख्ख धेक्दु रैछ । चेलाहातौँ किर्य अराउने बखत आफनाइ हातले कृय अद्दुपड्यो तेरा बाले । यैभन्ना अभाग्गी बा को होलो भन्नै ? कसो सोच्या थे, कसो भ्यो । के के अर्ला भनिमान्या थे, सब चकनाचुर भ्यो लाटा । कैखी के भनु ? त त आफू गैगै, हम्खी कसि डौल छ याँ । बिसरु भन्नछु, बिसद्द नैसक्दा । झिक झिक याद आउनी तेरी । बसा अनारो भ्यो कि, तेरो बाटो हेद्दे मन लाग्दो । त कैतिक क्याम्पसहै पुगल्लै भन्नेजसो हुनो । बाटाइ डिठ बाटाइ हुन्छ । कुकुर भुके त पुग्गै कि भन्ने जसो हुन्छ बा न । भात बिसाउने बखत तेरो भाग लै चामल हाल्ल बट्टिनो । रोटा पकाउने बखत तिसै । कतिप दिन तोखिलाइ लै रोटा पकाए । के झल्का लाइपर गै मेरा हजारी ? हाम बिच बाटाइना केलाइ छाडिपर गै ? कैतिर जाउँ ? क्यारु ? कसेरी बाँचु ? कैखिलाइ बाँचु ? कै भनिपर बाँचु ?
हाम्ले अद्दे कर्म केइन् बाँकी राखे लाटा । बामनले भन्या जति सब पुगाए । पाई कि नैपाइ बा ? त जान त्याँ । हमरो अद्दे कर्म तिति हो । तेरा नाउँले एक पुरस्कार लै स्थापना अर्दियाछु तो पड्डे क्याम्पस । तेरा पड्डे किताब सब पुस्तकालयलाई दिदिए । तेरा लाउने लत्ता कपडा बैङ्कलाइ दिदिए । तेरो याद मात्तर छ अब हामसित ।
लौ हा चेला, इत्ती लेखिमागन्छु । तो थाइ छ, म आफुइ लेख्द नैजान्नो । पल्ला घरै तुलीसित लेखिमागन्लाछु सब । उइको लै स्कुल जाने बखत भ्यो अब । अर्खा जनममी लै तेरि महतारी हुनपाउँ । त मेरै चेलो भैपर जन्मिन पायै । लौ हा, बा ।
उइ तेरी अभाग्गी महतारी,
कलसी
प्रतिक्रिया