ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

मङ्गलबार ०४, मङि्सर २०८१ ०९:१३

कञ्चनपुर । डडेल्धुराको परशुराम नगरपालिका-९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिकाको सलेताकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका-७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए । घाइतेको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो । जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया