कञ्चनपुर । भारतबाट घर फर्किरहेका कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय रामलाल बडायक सम्पर्कविहीन भएका छन् । भारतको रूद्रपुरबाट शुक्रबार बिहान ९ बजे घर पुग्ने भनी आफ्नो परिवारमा खबर गरेका उनी एकाएक सम्पर्कविहीन भएका पारिवारिक श्रोतले बताएको छ ।
स्थानीय प्रशासनलाई घटनाबारे सूचित गरिएको र खोजीमा सहयोग गर्न समुदायका व्यक्तिहरूलाई पनि रूद्रपुर पठाएको सो वडाका अध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए । परिवारका सदस्यले गढवालमा रहेका साथीभाइ र अन्य चिनजानका व्यक्तिहरूसँग पनि सम्पर्क गरेर खोजी गरिरहेको बताएका छन् ।
उनलाई कसैले भेटाए वा उनीबारे कुनै जानकारी पाए भने नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया