ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कारबाहीमा निर्माण कम्पनी

पाँच वर्षसम्म बनेनन् धनगढीका विद्यालय भवन

शनिबार २७, पुष २०८१ ०५:१४

धनगढी । डेढ करोड लागत अनुमान गरिएको विद्यालय भवन सवा ८६ लाखमै बनाइदिने बोलपत्र गरेको बडातेडी डुणे कन्स्ट्रक्सन प्रालिले चार वर्षमा पाँच वटा विद्यालयको भवन निर्माण गर्न सकेको छैन । एक वर्षको निर्माण अवधि लिएर २०७७ पुस १४ गतेदेखि बडातेडीले धनगढी उपमहानगरपालिकाको पाँच वटा विद्यालय भवन निर्माणको ठेक्का लिएको थियो । एउटै मितिमा बडातेडीले प्रति विद्यालय भवन ८६ लाख २० हजार ९५४ रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको थियो । 

धनगढी– १२ को दुर्गा आधारभूत विद्यालय र शारदा मावि, १३ नम्बर वडाको जनता राष्ट्रिय मावि, १४ नम्बर वडाको पञ्चोदय आधारभूत विद्यालय र वडा नम्बर ९ को सरस्वती आधारभूत विद्यालयको भवन निर्माण गर्ने सम्झौता भएको थियो । तर, समयमा काम गर्न नसकेपछि उपमहानगरपालिकाले बडातेडीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना लिएको छ । धनगढी उपमहानगरपालिकाका इञ्जिनियर रोशन खड्काले बडातेडीले काम गरेको बिलबाट जरिवाना रकम कटौति गरिसकिएको बताए । उनले २०८० साउन १ गतेबाट लागू हुने गरी जरिवाना लगाएको बताए ।

आठ कोठे विद्यालय भवन बनाउनका लागि लगाइएको ठेक्कामा बडातेडीले शारदा माविमा ५०, दुर्गा आविमा ९५, जनतामा ७०, पञ्चोदायमा ९५ प्रतिशत र सरस्वतीमा काम सम्पन्न गरेको धनगढी उपमहानगरले जनाएको छ । इञ्जिनियर खड्काले दुर्गा माविको काम यसै महिनामा सम्पन्न गर्ने लिखित प्रतिवद्धता आएको बताए । ‘जनतामा निर्माण भइरहेको आठ कोठे भवनको तल्लो तला बने पनि माथिल्लो तला बनेको छैन,’ उपमहानगरपालिकाका इञ्जिनियर हर्कराज गिरीले भने, ‘ठेकदारलाईलाई जरिवाना लगाइसकेपछि मात्रै कामले गति पाएको छ ।’

क्षमताभन्दा बढी ठेक्का दिएको हुँदा बडातेडीले निर्माण गर्न नसकेको हो । ‘एक ठाउँमा गर्ने, फेरि अर्को ठाउँमा जाने गर्दा गर्दै उहाँले समयमा काम सक्नु भएन,’ इञ्जिनियर खड्काले भने, ‘ठेकदारले ढिलासुस्ती गरेकै कारणले जरिवाना लगाउनु परेको हो ।’

तर, बडातेडी डुणे कन्स्ट्रक्सन प्रालिका सञ्चालक मुकेश बोगटीले सुरुमा कोभिड लागेकोले समयमा काम हुन नसकेको बताए । उनले त्यसपछि समयमा निर्माण सामाग्री नपाउने, गरेको कामको भुक्तानी समयमा नपाउने लगायतको समस्याको कारण निर्माण कार्य समयमा सम्पन्न गर्न नसकेकोे बताए । जरिवाना पनि रनिङ बिलमै काटेकोले काम गर्न असहज भएको उनको भनाई छ । 

प्रतिक्रिया