काठमाडौँ । मलेसियामा शनिबार सुरु भएको यू १९ महिला विश्वकप टी२० क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले पहिला ब्याटिङ गर्दै १९ औँ ओभरमा अलआउट हुँदा ५२ रन बनाएको थियो । ५३ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.३ ओभरमा पूरा गरेको हो ।
नेपालका पाँच खेलाडी रन आउट भएपछि नेपालले प्रतिस्पर्धी स्कोर बनाउन सकेको थिएन । समूह डी मा रहेको नेपालले अब अस्ट्रेलिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया