एजेन्सी । युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले रोहित शर्माको कप्तानीमा शनिबार च्याम्पियन्स ट्रफी खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भारतीय टिममा रोहित शर्मा (कप्तान) शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्डेय, अक्सर पटेल, वाशिंटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहमद शामी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषव पन्त र रविन्द्र जडेजा रहेका छन् ।
भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ बाट सुरु हुँदैछ । च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा रहेको भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगिता अन्तर्गत भारतका सबै खेल दुबईमा हुनेछन् ।
प्रतिक्रिया