ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली काँग्रेसका सचिव मोटरसाइकलले ठक्कर दिँदा घाइते

सोमबार ०७, माघ २०८१ ०२:३१

धनगढी । नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन् । सोमबार धनगढीमा मुख्यमन्त्री कार्यालय नजिक सुनारलाई मोटरसाइकलले ठक्कर दिएको हो । 

धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने २९ वर्षीय सन्देश राईले चलाएको सुपप्र ०१-०१२ प ३९३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ ।

सुनारलाई मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिएको  हाे । मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया