ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ४ नेपालीको सनाखत

बिहिबार १०, माघ २०८१ १०:२८

एजेन्सी । भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन । 

हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये सात जनाको मात्रै पहिचान खुलेको छ । 

अधिकारीहरुका अनुसार बुधबार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया