धनगढी । कैलालीका एक शिक्षकको निधन भएको छ । गोदावरी नगरपालिका–११ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक विनोद कुमार भट्टराइको निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका ५८ वर्षीय भट्टराईको माया मेट्रो अस्पताल धनगढीमा बुधबार राति उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले बताए । गोदावरी-२ निवासी भट्टराई २०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका थिए ।
शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरी नगरपालिकाले नगर क्षेत्रका शैक्षिक संस्थाहरूमा शोक बिदा दिएको छ ।
प्रतिक्रिया