बैतडी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीले बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपिआर खोप अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत करिब ९० हजार बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताइएको छ ।
विज्ञ केन्द्रका अनुसार अहिलेसम्म ४० हजार बाख्रामा पिपिआर खोप लगाइसकिएको छ । खोपकर्तालाई अभिमुखीकरण तालिम दिएर १० वटै स्थानीय तहमा पुष २६ गतेबाट खोप अभियान सुरु भएको थियो ।
कृषकहरुलाई आफूले पालेका बाख्रामा अनिर्वाय खोप लगाउन पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीले आग्रह गरेको छ ।
प्रतिक्रिया