डडेल्धुरा । प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मी ऐर चयन भएकी छन् । बुधबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट ऐर अध्यक्षमा चयन भएकी हुन् ।
नयाँ कार्यसमिति उपाध्यक्षमा मदनराज भट्ट, भावना पौडेल, सचिवमा ममता भट्ट, सह–सचिव वीरबहादुर भण्डारी, भोज ताम्राकार र कोषाध्यक्षमा भुवन भण्डारी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सदस्यमा डबलबहादुर ठकुल्ला, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन भएका छन् । केन्द्रीय परिषद सदस्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का, पार्वती कुमारी धामी र प्रदेश परिषद सदस्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साउद र गरिमा बोहरा चयन भएका छन् ।
प्रतिक्रिया