ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
अंक गणित भन्छ –कठिन

एमाले भन्छ– दुुई तिहाइ भएपछि संविधान संसोधन

बिहिबार १०, माघ २०८१ ०६:०१

धनगढी । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रियसभामा दुुई तिहाई सुनिश्चित भएपछि मात्र संविधान संसोधनको प्रकृया अगाडी बढाइने बताए । तर गौतमले भने झै के अहिलेकै गठबन्धनको दुुई तिहाइ पुुग्ने सम्भावना छ त ? भन्नेमा भने सन्देह छ ।  अहिले त गठबन्धनस“ग राष्ट्रिय सभामा सामान्य बहुमत पनि छैन ।  

‘राष्ट्रिय सभामा अहिले सामान्य बहुमतसमेत छैन,’ नेता गौतमले भने ‘बहुमतको जग भएपछि मात्रै संविधान संसोधनको कुरा गर्नु उचित हुन्छ ।’ ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० र दुई तिहाइका लागि ४० सांसद चाहिन्छ, कांग्रेस र एमाले दुवै दलको सांसद संख्या २६ मात्रै छ । 

राष्ट्रिय सभामा हाल सबैभन्दा ठूलो दल माओवादी हो । उसका १७ सांसद छन् । कांग्रेसका १६ र एमालेका १० जना छन् । एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १ र जनमोर्चाका १ सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत सदस्यको संख्या ३ छन् । मनोनीत ३ मध्ये नारायण दाहाल सभा अध्यक्ष छन् । अर्का मनोनीत वामदेव गौतम र अन्जान शाक्य हुन् । गौतमको अझै अन्योल छ भने शाक्य एमाले सांसद हुन् । 

राष्ट्रिय सभाका १९ सदस्यको ६ वर्षे पदावधि २०८२ फागुन २० मा पूरा हु“दै छ । आगामी वर्ष पदावधि सकिनेमा सबैभन्दा बढी एमालेका ८ जना छन् । यसबाहेक माओवादीका ७, एकीकृत समाजवादी, लोसपा र जसपाका १÷१ जनाको पदावधि सकिन्छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको कार्यकाल पनि आगामी वर्ष पूरा हुनेछ ।

१८ सिटमा चुनाव भएर र एक जना राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभामा २०८२ फागुन २१ बाट नया“ १९ सदस्यको प्रवेश हुनेछ । त्यतिबेला राष्ट्रिय सभाको अंकगणित अहिलेभन्दा फरक हुन्छ । तर त्यतिबेला पनि कांग्रेस–एमालेको दुई तिहाइ पुग्ने अवस्था छैन ।
 

प्रतिक्रिया