धनगढी । अछाममा दुई किशोरी मृत फेला परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ को छिन्ने ओडारको जंगलमा दुई किशोरी मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर ८ घोडासैन घर भएका १४ वर्षीया इश्वरी खड्का र सरस्वती खड्काको शव फेला परेको हो । ‘दुबै किशोरी एकै घरका फुपू र भदै हुन्,’ डीएसपी भण्डारीले भने, ‘शुक्रबार गाईवस्तु चराउन जंगल गएका उनीहरु शनिबार साँझ मृत फेला परेका छन् ।’
डीएसपी भण्डारीका अनुसार शुक्रबार बेपत्ता भए पनि प्रहरीलाई भने खबर गरिएको थिएन ।
‘शनिबार सुरुमा एक किशोरी मृत फेला परेको खबर प्रहरीलाई आएको थियो । झण्डै ३० मिटरको दूरीमा अर्की किशोरीको पजि शव फेला प¥यो,’ डीएसपी भण्डारीले थपे, ‘शनिबार राति भइसकेकोले घटनास्थलको सुरक्षाको काम मात्रै भयो । अहिले हामी चिकित्सकसहितको टोली लगेर घटनास्थलतर्फ गइरहेका छौं ।’
प्रतिक्रिया