धनगढी । कैलालीकी एक किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा प्रहरीले जोशीपुर-१ बस्ने १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरीलाई पक्राउ गरेको हो ।
बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भारत गइसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
चारै जनाले २२ मंसिरमा किशोरीमाथि सामूहिक बलात्कार गरेको भएपनि प्रहरीलाई ढिलोगरि माघ १३ गते मात्रै खबर भएको उनले बताए । उनीहरूविरूद्व जबरजस्ती करणीमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया