ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत मन्त्रालयबाटै पक्राउ

सोमबार ०२, चैत २०८२ ०१:३२

धनगढी । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कार्यरत भट्ट पक्राउ परेका हुन् । भट्टलाई मन्त्रालय परिसरभित्रैबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । `सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहका स्वकीय प्रयाज्ञ खनालले विद्युतिय अपराधमा जाहेरी दिएपछि भट्टलाई पक्राउ गरिएको हो,´ तिमिल्सिनाले भने ।

भट्टले आफूसंग मुख्यमन्त्री शाहले पाँच लाख घुस मागेको आरोप लगाएका थिए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो । भट्टले पाँच लाख रुपैयाँ नदिएपछि मुख्यमन्त्रीले आफूखुसी सरुवा गरेको आरोप लगाएका थिए ।

घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया