धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीले बिना इजाजत वन पैदावार ओसपसार तथा कटान मुद्दामा १ महिना कैद र ३९ हजार ६६६ रुपैयाँ जरिबाना तोकी फरार रहेका गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने ३५ वर्षका गणेश सापकोटा पक्राउ परेका हुन् ।
उनलाई अस्थायी प्रहरी पोष्ट राजिपुर कैलालीबाट खटिएको टोलीले आइतबार उनकै घरठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिबाना तोकी फरार रहेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षका दयाराम रानालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका-१ अदालत रोडबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको बताएको छ ।
प्रतिक्रिया