धनगढी । कैलाली र कञ्चनपुरका चार युवक लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । आइतबार धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट धनगढी-८ बस्ने ३२ वर्षका मनिष चौधरी २ ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । हिजो नै राति ८:४० बजेको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बाराकुण्डाबाट सोही ठाँउ बस्ने २१ वर्षका जनक भण्डारी र २१ वर्षकै भुपेन्द्र विष्टसहित तीन जनालाई ०.१४ ग्राम खैरो हेरोइन जस्तो पदार्थ फेला पारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।
प्रतिक्रिया