ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा डेढ लाख बढीको अवैध सामान बेवारिसे फेला

सोमबार १४, माघ २०८१ ११:४५

धनगढी । कैलालीमा डेढ लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । आइतबार प्रहरीले जिल्लाका विभिन्न स्थानमा १ लाख ६० हजार १०० मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो । 

जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाँडा र गोदावरी-४ वनदेवी मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएको चिनी, सुर्ति ,ह्याङगर, डटपेन लगायतका सामान इलाका प्रहरी कार्यालय मालाखेती तथा मातहत चौकीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया