ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कहिले बन्ला झुलाघाटमा पक्की पुल ? (भिडियो)

सोमबार १४, माघ २०८१ ११:५२

धनगढी । बैतडीमा रहेको नेपाल–भारत झुलाघाट नाकामा पक्की पुल निर्माण गर्नका लागि २०५५ सालदेखि सर्भे भयो । २०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे ६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, ढाई दशकसम्म पुल निर्माण भएन । 

०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि भने केही प्रक्रिया अगाडि बढेको छ । ‘नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुन्छ,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका थिए । भारतसंगको सहमतिपछि भारतले नै पुल निर्माणको अध्ययनका लागि परामर्शदाता छनोट गर्न बोलपत्र आह्वान गरेको थियो । 

१ माघमा कञ्चनपुर पुगेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झुलाघाट र शिर्षमा निर्माण हुने पुलको विषय उठाएका थिए । नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र–आइजीसीको बैठकमा झुलाघाट र शिर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमतिअनुसार चाँडै निर्माण गर्नेगरी सम्झौता भएको बताएका थिए । 

अहिले झुलाघाटमा महाकाली नदीमाथि करिब डेढ सय वर्षअघि इस्ट इन्डिया कम्पनीले बनाएकोे झोलुंगे पुल छ । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । 
 


प्रतिक्रिया