धनगढी । कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । मंगलबार कैलालीको धनगढी उपमहानगरपालिका-१२ मनेहरा शिविर नजिक र टीकापुर नगरपालिका-९ बालुवाटारमा भन्सार छली ल्याएका अन्दाजी ४१ हजार ५०० मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका सुट, भुरा माछा, ठुलो माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
हिजो नै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलामा भन्सार छली ल्याएका अन्दाजी २ लाख ८ हजार ७५० मूल्यको चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, हार्डवेयरका सामान, बिउविजन, मिश्री लगायतका किराना सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया