धनगढी । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कैलाली जिल्लास्तरीय छनोट सुरु भएको छ ।
छनोट प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्धाटन गरिन् । प्रतियोगिताको उद्धाटन गर्दै राज्यमन्त्री खड्काले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । उनले आगामी वर्ष बजेट विनियोजन गर्दा खेल क्षेत्रलाई थप प्राथमिकतामा राख्ने दाबी गरिन् ।
कैलाली जिल्ला खेलकुद विकास समितिका अनुसार छनोट प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुने छ । २८ वटा खेलका लागि खेलाडी छनोट गर्न लागिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि माघ २८ गतेदेखि सुदूरपश्चिम छनोट हुने छ ।
प्रतिक्रिया