कैलाली । वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै एक करोड रुपैयाँ ठगी गरेका कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी अमेरिका पठाइदिने भन्दै ३ जनाबाट एक करोड रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया