काठमाडौँ । नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे ।
एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । एपीएफले अपराजित रहँदै उपाधि जितेको हो ।
प्रतिक्रिया