बाजुरा । बाजुरामा प्रहरीले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ । जिल्लामा महिनावारी भएका बेला बस्नका लागि घरभन्दा टाढा निर्माण गरिएका छाउगोठ भत्काउ थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीगंगा नगरपालिकामा २९ वटा छाउगोठ भेटिएका र ती छाउगोठ एक हप्ताभित्र नभत्काइए प्रहरीको टोली गएर भत्काइने बताएको छ । सोमबारदेखि सुरु गरिएको सो अभियानअन्तर्गत जिल्लाभरका छाउगोठ भत्काइने प्रहरीले बताएको छ ।
बाजुरामा यसअघि पनि अभियान चलाएर विभिन्न समयमा छाउगोठ भत्काइएका थिए ।
प्रतिक्रिया