काठमाडौँ । कपिलवस्तुबाट चरेससहित एक युवती पक्राउ परेकी छिन् । कृष्णनगर नगरपालिका–३ बाट पैदल हिँड्दै भारततर्फ जान लागेको अवस्थामा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीया सरस्वती विक पक्राउ परेकी हुन् ।
उनलाई १ किलो २५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनीबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया