कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका-७ सुडामा दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका खुनाको उपचारका क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बेलौरी नगरपालिका-८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना भएको थियो । मोटरसाइकल चालक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया