ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रबिलाई मात्र जेल, तपाइको पार्टीका नेताले एक दिन पनि बस्नु नपर्ने ? : लिङ्देन

शुक्रबार १८, माघ २०८१ ०४:३६

काठमाडौँ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारी संरक्षणमै लागिरहेको आरोप लगाएको छ । प्रतिनिधि सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आशा जगाउने एउटा पनि काम गर्न नसकेको बताए । 

बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका सरकारको उपलब्धि नियमित काम मात्रै भएको उनले बताए । 

‘बैठकको सुरुमा उहाँ(प्रधानमन्त्री)ले जुन उपलब्धि सुनाउनुभयो । सुरुङ् मार्गको ब्रेक थु, बंगलादेशसँग विद्युत् व्यापार सम्झौता भयोलगायत के के भन्नुभयो’, उनले प्रश्न गरे, ‘तर यो सरकार नभए ती काम हुँदैनथ्यो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यसो हो भने मुलुकमा सरकार छैन भने हुन्छ । नियमित कुरालाई पनि आफ्नो उपलब्धि भन्ने ?’

सुशासनको क्षेत्रमा र आशा जगाउने गरी सरकारले काम नगरेको लिङ्देनले बताए । ‘अर्थतन्त्रमा के सुधार ग¥यो ? यी सबै हेर्दा गएको  ६ महिना यो सरकारको निराशाजनक काम छ । यो सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको छ ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले रास्वपा सभापतिलाई ८४ दिन हिरासतमा राखिएको तर त्यही प्रकृतिको मुद्दामा कांग्रेस एमालेका नेताहरूलाई भने उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाए । 

‘एउटा पार्टीको सभापति ८४ दिन हिरासतमा बस्नुभयो । रवि लामिछानेले बदमासी नै गर्नु भएको छैन त म भन्दिन किन भने त्यो न्याय निरुपणको कुरा छ’, उनले भने, ‘त्यही प्रकृतिको मुद्दामा तपाईँहरूको पार्टीको मान्छेले चाहिँ एक दिन पनि हिरात बस्नु नपर्ने ? कानुन त बराबर लाग्नुपर्छ होला नि त सबैलाई ?’
  
 

प्रतिक्रिया