धनगढी । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिकाका काँग्रेस सभापति कलौनी जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार कलौनी बाटोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । बिहान साढे ८ बजे कलौनी मृत फेला परेको जानकारी प्रहरीले पाएको थियो ।
अहिले घटनास्थलमा जिल्लाका प्रहरी प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा टोली पुगेको छ । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया