ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ब्राउन सुगरसहित कैलालीका तीन जना पक्राउ, कञ्चनपुरमा दुई किशोर नियन्त्रणमा

शनिबार १९, माघ २०८१ ०१:०६

धनगढी । कैलालीका तीन युवक खैरो हिरोइनसहित पक्राउ परेका छन् । शुक्रबार बेलुकी धनगढी उपमहानगरपालिका-७ मनेहराबाट १३० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित सोही ठाँउ बस्ने २४ वर्षका राजन जोशी पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । 

हिजो नै कञ्चनपुरको पुनर्वास नगरपालिका-५ बाट सुपप्र०१००८ प ३८१८ नम्बरको मोटरसाइकलमा सवार कैलालीको गोदावरी नगरपालिका-३ बस्ने ३२ वर्षका सन्तोष भट्ट र अन्दाजी ३६ वर्षका उद्धवराज भट्टलाई १ ग्राम ९१० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरको टोलीले पक्राउ गरेको जनाएको छ । 

पुनर्वास-११ डोकेबजारबाट ७५० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो पदार्थसहित दुई किशोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया