ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा दुई जिप आपसमा ठोक्किए

शनिबार १९, माघ २०८१ ०१:५५

धनगढी । डोटीमा दुई जिप आपसमा ठोक्किएका छन् । शुक्रबार राति जोरायल गाउँपालिका-२ घट्टेखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट दिपायलतर्फ गइरहेको २१ वर्षका नवीन बोहराले चलाएको सुपप्र ०१००१ च २५९१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको जोरायल-२ धारापानी बस्ने २१ वर्षका जितबहादुर कुवँरले चलाएको से १ ज ४१५ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् । 

बोहरा डडेल्धुराको आलिताल गाउँपालिका-८ गोदामका रहेका प्रहरीले बताएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र दुवै सवारी साधानको अगाडि पट्टीको भागमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । साँघुरो बाटोका कारण मोडमा दुबै जिप ठोक्किएका हुनसक्ने प्रहरी अनुमान छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया