डोटी । डोटीमा ११ हजार ४८७ जना किशोरीलाई एचपिभी खोप लगाइँदैछ । देशभर माघ २२ गतेबाट सुरु हुन गइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा डोटीका उक्त संख्यामा किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
कार्यालयका प्रमुख रमेश मलासीले कक्षा ६ देखि १० सम्म अध्ययनरत १० हजार ९०१ जना र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५८६ जनालाई खोप लगाउन लागिएको बताए ।
खोपका लागि १९५ विद्यालय र १०७ ओटा स्वास्थ्य संस्थामा खोप केन्द्रहरू तोकिएका छन् । खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने बताइएको छ ।
प्रतिक्रिया