ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

समूहमा आएर एक पुरुषमाथि कुटपिट, आगो लगाएर हत्याको प्रयास

शनिबार १९, माघ २०८१ ०४:५९

पॉचथर । तेह्रथुमको आठराई गाउँपालिका-४ का ५५ वर्षीय धनपति प्रसाईको हत्याको प्रयास गरिएको छ । प्रसाईलाई चार जनाको समूहमा रहेका युवाहरूले कुटपिटपछि आगो सल्काएर हत्याको प्रयास गरेको खुलेको हो । 

बिहीबार साँझ आठराई-५ छातेढुंगास्थित अर्चलेमा मेला भरेर घर फर्कने क्रममा प्रसाईमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोद खड्काले बताए । उनीहरूको नाम भने खुलेको छैन । 

उनीहरूले बाटो छेकेर कुटपिट गरेका र सख्त घाइते भएर ढलेका प्रसाईलाई सेउला, खर र झिक्राले छोपेर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । आगोले प्रसाईको टाउकोको देब्रे भाग डढेको छ । शुक्रबार पॉचथर अस्पताल ल्याइएका उनलाई झापाको विर्ता सीटी अस्पताल पठाइएको प्रहरीले बताएको छ । कुटपिटको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


 

प्रतिक्रिया