ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फोनिज सुदूरपश्चिमको अध्यक्षमा उन्नती

शनिबार १९, माघ २०८१ ०६:२१

धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम प्रदेश समितिको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

शनिबार धनगढीमा सम्पन्न भएको महाधिवेशनले केर्नी न्युजकी सम्पादक कालीमैया चौधरी उन्नतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बनवारी राना (शौरभ) र चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी र रतनलाल चौधरी तथा कोषध्यक्षमा प्रेमलाल चौधरी निर्वाचित भएका छन् । नयाँ कार्यसमिति सदस्यमा राजेश श्रेष्ठ, रामप्रसाद चौधरी, दानसिंह डगौरा र स्वरुप चौधरी निर्वाचित भएका छन् ।

फोनिजको प्रदेश महाधिवेशन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए । सो अवसरमा उनले आदिवासी जनजाति पत्रकारहरु समेत पत्रकारका संगठनमा नेतृत्व तहमा पुगी सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रदेश सरकारले छिट्टै सञ्चार नीति ल्याउन लागेको समेत बताए । सो नीति ल्याउनका लागि धेरै चरणमा छलफल भइसकेको बताउँदै मुख्यमन्त्री शाहले मन्त्रलयमा सचिव र उपसचिव नभएकोले ढिलो भइरहेको बताए ।

महाधिवेशनबाट निर्वाचित फोनिज प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई फोनिजका बरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । महासधिवेशनमा कैलाली र कञ्चनपुरबाट फोनिज जिल्ला अधिवेशनबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता थियो ।
 

प्रतिक्रिया