ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा अवैध काठसहित ट्र्याक्टर बेवारिसे फेला

आइतबार २०, माघ २०८१ ११:२०

धनगढी । कैलालीमा अवैध काठसहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको छ । शनिबार राति ९:३० बजेको समयमा टीकापुर नगरपालिका-६ नारायणपुर सडकखण्डमा अवैध काठका गोलियासहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको हो । 

ट्र्याक्टरमा पिपलको काठ ५ गोलिया, सिमलको १३ गोलिया, आरा २ थान, घन १ थान, बञ्चरो २ थान र बेल्चा १ थान फेला पारी टीकापुर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्र्याक्टरको नम्बर भने स्क्य्राच भएर स्पष्ट नभएको हुँदा खुल्न नसकेको कैलाली प्रहरीले बताएको छ । 

प्रतिक्रिया