ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महिला टी–२० शृङ्खला : नेपालको लगातार तेस्रो हार

आइतबार २०, माघ २०८१ ०३:५८

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो । 

नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । नेपालकी कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३ रन बनाइन् । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्ग र क्यारोलिन डी लाङ्गेले २/२ विकेट लिए । 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् ।

नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग र हिजो थाइल्यान्डसँग पराजित भएको थियो । 
 

प्रतिक्रिया