ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा जलेको अवस्थामा पाटेबाघ मृत फेला

आइतबार २०, माघ २०८१ ०४:२७

कञ्चनपुर । कञ्चनपुरमा जलेको अवस्थामा पाटेबाघ मृत फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा पाटेबाघ जलेर मृत अवस्थामा फेला परेको हो । 

बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ । बाघको मृत्यु र आगलागीको कारणबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया