धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुदूरपश्चिमका पाँच जिल्लामा कार्यक्रम गरेको छ । मंसिर ३ गते बाजुराबाट सुदूरपश्चिम यात्रा थालेको राप्रपाले बाजुरासहित, अछाम, डोटी, कैलाली र कञ्चनपुरमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको टोली थियो । बाजुरा, अछाम, डोटी, कञ्चनपुरका हजारौँ जनतासँग प्रत्यक्ष संवाद गर्दै कैलालीको साँढेपानीमा पुगेर यात्रा सम्पन्न भएको अध्यक्ष लिङ्देनले बताए ।
उनले यात्राको क्रममा पार्टीप्रति जनताको विश्वास बढेको भन्दै अन्य पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको बताए । कैलालीमा भएको अन्तिम सभालाई सम्बोधन गर्दै लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व राप्रपाले मात्रै गर्नसक्ने जिकिर गरे ।
प्रतिक्रिया