ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा २६ माघदेखि कृषि तथा पशुपन्छी प्रदर्शनी मेला

सोमबार २१, माघ २०८१ ०४:४२

धनगढी । कैलालीको धनगढीमा प्रदेशस्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला आयोजना हुने भएको छ । प्रदेशको कृषि, पशुपन्छी र मत्स्य विकासको क्षेत्रमा भएको प्रगति प्रर्दशन गर्ने, कृषि क्षेत्रको नवीन प्रविधिहरूको प्रर्दशनी र किसान तथा विशेषज्ञसंगको अन्तरक्रिया बढाउन कृषि विकास निर्देशनालयले माघ २६ गतेदेखि मेला गर्न लागेको हो । 

निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले माघ ३० गतेसम्म आयोजना हुने मेलामा कृषक, कृषि समूह तथा सहकारी, कृषि उद्यमी, व्यवसायी र उद्योगी तथा सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिबीच समन्वय र सहकार्यलाई बढाई कृषि विकासमा टेवा पु¥याउन मेलाले सहयोग गर्ने बताए । मेलाको अवसरमा कृषि क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण योगदान गरेका उत्कृष्ट कृषकहरूलाई पुरस्कृत तथा सम्मातिन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

उनले मेलामा कृषि उत्पादन, प्रविधि लगायतका एक सय ५० वटा स्टल रहने बताए । उनले प्रदेशका सबै स्थानीय तहबाट साढे चार हजार किसान र डेढ लाख आम उपभोक्ता मेलामा सहभागी हुने निर्देशक शर्माले बताए । उनले मेलामा एक करोड बढीको कृषि उत्पादन र प्रविधिको कारोबार हुने अनुमान गरिएको बताए । 


मेला धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सव स्थलमा आयोजना गर्ने तयारी भइरहेको छ । मेलामा प्रवेश शुल्क नलाग्ने निर्देशक शर्माले बताए । उनले मेलामा स्थानीय सांस्कृतिक प्रदर्शनीसमेत राखिएको उनले बताए । मेलामा कृषि प्रदर्शनीका साथै रेष्टुरेन्ट र रमाइलो मेलाको व्यवस्थासमेत गरिएको निर्देशनालयले जनाएको छ । 
 

प्रतिक्रिया