ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चार राउण्ड गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ

बुधबार २३, माघ २०८१ ११:१५

झापा । झापाको कनकाई नगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु भारतीय हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार भारत बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३० ग्राम ६९० मिलिग्राम बरामद भएको छ । 

मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया