पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिइने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधबार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए ।
नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ । पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको उल्लेख गर्दै केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे ।
उनले नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै सरकारले निरोधात्मक र रक्षात्मक काम पनि गर्ने बताएका छन् ।
प्रतिक्रिया