काठमाडौँ । बिहीबार काठमाडौँको कमलपोखरीमा रहेको सानदार मःमः सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट भएको छ । भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
बिहान पौने ९ बजे भएको विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । घाइतेहरूलाई कृतिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया