धनगढी । कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिना रहेका प्रहरीले बताएको छ ।
बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र ०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडि सवार बर्दियाको आशापुर–८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुहा नगरपालिका–१० बस्ने १५ वर्षीय लोकेश भण्डारी घाइते भएका छन् ।
मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका, उनको कोहलपुरमा उपचार भइरहेको र अन्य दुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया