ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाम पुगेर बादलले भने– जनयुद्ध भनेको हिंसा नै हो, यस्तो दिवस दुनियामा कतै मनाइन्न

बिहिबार २४, माघ २०८१ ०२:३७

धनगढी । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्ध भनेको हिंसा नै भएको बताएका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बादलले जनयुद्धमा मर्ने र मार्ने काम भएको बताउँदै त्यो हिंसा नै भएको बताउका हुन् । ‘जनयुद्ध भनेको हिंसा नै हो,’ उनले भने, ‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । त्यो कुरालाई माओवादीले पनि मान्छ ।’

बादलले हिंसा भनेको वर्ग संघर्ष भएको बताए । ‘यसलाई राजनैतिक आन्दोलनको संघर्षको उच्चतम रूप मान्छ माक्र्सवादले,’ उनले थपे, ‘हामीले नेकपा गठन गर्दा नेपालमा चलेको १० वर्षको सशस्त्र संघर्षले लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमीका खेलेको दस्तावेजमा भनेको थियौं । एमालेको १०औं महाधिवेशनले पनि त्यो कुरालाई पूर्ण रुपमा निशेध गरेको छैन ।’

थापाले जनयुद्ध दिवस मनाउन पनि गलत भएको बताए । ‘यस्तो दिवस कतै पनि दुनियामा मनाइँदैन,’ उनले भने, ‘माओवादीको स्टनबाजी हो । गणतन्त्र दिवस हो मनाउने । त्यो त मनाइरहेका छौं नि । जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो ।’ यसअघि प्रतिनिधिसभामा माओवादी युद्धलाई हिसां भनेपछि माओवादी केन्द्रले सदन नै अवरुद्ध गरेको थियो । 
 

प्रतिक्रिया