ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा भिरबाट लडेर एक जना घाइते, डडेल्धुरा पठाइए

बिहिबार २४, माघ २०८१ ०३:०६

धनगढी । बझाङमा भिरबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका-३ मेल्तडी बस्ने ४० वर्षका भक्तबहादुर रावल भिरबाट लडेर घाइते भएका हुन् ।

घर नजिकैको जङ्गलमा बुधबार स्याउला लिन गएका उनी भिरबाट करिब २० मिटर तल खसेका प्रहरीले बताएको छ । उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएका उनलाई हिजो राति नै डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको अवस्था सुधारोन्मुख रहेको छ । 

प्रतिक्रिया