काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । लामिछानेविरुद्ध दायर मुद्दाको चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको हो ।
साहारा सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका रविको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस भएको हो । बहस बिहीबार दिउँसो सवा तीन बजेतिर सकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । बहस सकिएसँगै आजै आदेश आउने बताइएको छ ।
प्रतिक्रिया