ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महिला टी–२०आई शृंखला : थाइल्यान्ड नेदरल्यान्ड्ससँग १ विकेटले पराजित

बिहिबार २४, माघ २०८१ ०४:४४

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १ विकेटले हराएको छ । प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो । 

थाइल्यान्डले दिएको ११० रनको लक्ष्य नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सकी फेबे मोलकेनबोरले ३२, रोबिने रिज्केले २० रन बनाए । थाइल्यान्डका थिपाचा पुथावोङ्गले ४, ओनिचा कम्चोम्फुले ३ विकेट लिए । 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो । थाइल्यान्डकी नथ्थाकन चान्थमले नटआउट ३६, चानिदा सुथ्थीरुङ्गले ३२ रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्गले ३ विकेट लिइन् । यो जितसँगै नेदरल्यान्ड्सले उपाधि जित्ने सम्भावना कायमै राखेको छ । 

प्रतिक्रिया